पोखरा । कोरोना भाइरस (कोभिड(१९) बाट बच्न भन्दै सरकारले ११ चैतदेखि लगाएको लकडाउन ६ साउनमा अन्त्य ग¥यो । तर, १२० दिने लकडाउन हटाउने निर्णय गरेको एक हप्ता बित्न नपाउँदै कोरोना संक्रमण भुसको आगो जस्तै फैलियो, विशेष गरी तराई क्षेत्रमा । पहाडी क्षेत्रहरु पनि सुरक्षित रहेन । देशभरि कोभिड १९ संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिरहेका छन् ।
आफूलाई प्राप्त अधिकार प्रयोग गरेर ४० वटा जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले आंशिक तथा जिल्लाभरि निषेधाज्ञा वा सिल गर्ने निर्देशन दिइसकेको छ । स्थानीय तहहरुले पनि आन्तरिक लकडाउन गरिरहेका छन् । ५ साउनको मन्त्रिपरिषद् बैठकले संक्रामक रोग निर्मूल गर्न वा सो रोग रोकथाम गर्नका लागि आवश्यक व्यवस्था मिलाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको थियो । जिल्ला विपद् व्यवस्थापन समिति (सिसिएमसी) ले आवश्यक निर्णय गर्दछ ।
यसैबीच, देशकै ठूलो महानगरपालिका पोखरा महानगरपालिकामा पनि कोरोना नियन्त्रणका लागि लकडाउनकै आवश्यकता परेको छ । पोखरालाई एक हप्ता कडा हिसाबले शिल गर्ने तयारीमा पोखरा महानगरपालिका पुगिसकेको छ । पोखरा शिल गर्ने निर्णयको औपचारिक जानकारी भने सार्वजनिक भइसकेको छैन ।
पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले १ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो । यसअघि, आइतबार राजनीतिक दलसँग महानगरपालिकाले सर्वदलीय बैठक गरेको थियो । उक्त बैठकमा दलका प्रतिनिधिले १ हप्ता कडा निषेधाज्ञा गर्न सुझाव दिएका थिए ।
आजै सोमबार मध्येराति १२ बजेबाट सुरु हुने निषेधाज्ञा भदौ ८ गते जारी रहनेछ । त्यसपछि संक्रमित बढेनबढेको अवस्था हेरेर निषेधाज्ञालाई जारी राख्ने कि नराख्ने निर्णय हुने महानगर श्रोतले जनाएको छ । बैठकमा भएको निर्णय सिधै जिल्ला स्थित विपद व्यवस्थापन समितिमा पुग्नेछ । त्यसपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्व रहेको सिसिएमसीले सिफारिस अनुसार निर्णय गर्नेछ । यसको नेतृत्व सिडिओले गर्छन् ।
तीजसँगै दशैं पनि मुखैमा आएकाले बजारमा अत्यधिक भिडभाड हुने र पोखरामा कोरोना समुदायस्तरमा फैलिसकेककाले लकडाउनको विकल्प नभएको महानगरका मेयर मानबहादुर जिसी बताउँछन् ।
अब लकडाउनको अवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी तथा अत्यावश्यक सामाग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट अनुमति नलिएका गाडी गुड्न पाउँदैन । अत्यावश्यकीय सामानका पसलहरु मात्र खुल्नेछन् । खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् । नजिकको पसलमा खाद्यान्न किन्न बाहेक घरबाहिर निस्कनलाई निषेध हुनेछ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)