रंगशाला खेल र खेलाडीको लागि हो । तर पोखरा रंगशाला कहिल्यै खेलाडीको मात्र हुन सकेन । कुनै बेला सवारी चलाउन सिक्ने अखडा बन्यो । लाहुरे हुन खोज्नेहरुले बुट बजार्ने ठाउँ पनि रंगशाला नै बन्यो । तर पछिल्लो समय रंगशाला व्यवस्थित भने बनेको छ । कोरोना महामारीले विदेशबाट आउनेहरुलाई राख्ने होल्डिङ सेन्टर बनाउनुपर्ने बाध्यकारी अवस्था आएपछि अब रंगशाला अनिश्चितका लागि बन्द गरिएको छ ।
पोखरा रंगशालामा हुँदै आएका खेल गतिविधिसंगै सबै खेलका प्रशिक्षणहरु आज सोमबारबाटै बन्द भएका छन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति, कास्कीले संयुक्त रुपमा सूचना जारी गर्दै सोमबारबाटै सम्पूर्ण खेल गतिविधि, प्रशिक्षणहरु र कार्यक्रमहरु अनिश्चितकालका बन्द गरिएको जनाएको छ ।
पोखरा रंगशाला भित्र रहेको बहुउद्धेश्यिय कभर्डहलमा विदेशवाट आएकाहरुको लागि होल्डिङ सेन्टर बनाएपछि रंगशाला परिसरमा कोरोनाको खतरा बढेको छ । तर, विश्व नै महामारीको चपेटामा पारेको बेला खुल्ला ठाउँमा होल्डिङ सेन्टर बनाउनु अनुपयुक्त भने होइन ।
खेल प्रतियोगिताहरु नहुने र अभ्यास गर्ने ठाउँ पनि बन्द हुँदा खेलाडीहरु भने अभ्यास गर्न नपाउने भएका छन् । यसले उनीहरुको खेल प्रदर्शनमा असर पर्ने निश्चित छ । रंगशालालाई सुरक्षित बनाउन अर्को विकल्प तयार गर्न सरोकारवालाले सोचन ढिलाई गर्नु हुँदैन । गण्डकी प्रदेश सरकारले रंगशालालाई हेल्डिङ सेन्टर बनाएपछि खेलाडी र प्रशिक्षकहरुले असन्तुष्टि जनाएका छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो