कास्कीको पोखरा महानगरसँगै अन्य स्थानिय तहले पनि बन्दाबन्दीको तयारी गरेका छन् । कास्कीको रुपा गाउँपालिकाले भोलि भदौ २ गतेबाट लागू हुने गरी १ हप्ताका लागि गाउँपालिकाभित्र अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको छ ।
गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि यस्तो निर्णय लिइएको जानकारी दिएका हुन् । साथै, गाउँपालिका भित्रका खाद्यान्न बाहेकका होटल, रेस्टुरेण्टहरु सञ्चालनमा रोक लगाइएको छ ।
‘विद्यालय लगायतका शैक्षिक संस्था अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहनेछन् । स्वास्थ्य संस्था बाहेकका अन्य गाउँपालिका, वडा कार्यालयबाट अत्यावश्यक बाहेकका अन्य सेवाहरु सञ्चालन नगरिने व्यहोरा जानकारी गराइन्छ ।’ गाउँपालिका अध्यक्ष ओझाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
साथै, गाउँपालिकाले नेपाल सरकारको निर्णय अनुरुप चाडपर्वका बेलामा अन्यत्रबाट आफ्ना पाहुनाजन बोलाउने र जाने, धेरै जमघट भई भोजभतेर गर्ने लगायतका कार्यक्रम गर्ने समेत रोक लगाएको छ । अध्यक्ष ओझाले गाउँपालिकाभित्र अव्यवस्थित विभिन्न संघसंस्था, आमा समूह, क्लब, टोल विकास संस्थाले आयोजना गर्ने तीज विषेश दर खुवाउने तथा अन्य कार्यक्रम नर्गन र नगराउन समेत अपिल गरेका छन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन