एसईईको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

एसईईको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

neb

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा प्रकाशित गरेको छ । कोरोना महामारीका कारण परीक्षा सञ्चालन हुन नसकेपछि सम्बन्धित विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।

विद्यालयले गरेको मूल्यांकनलाई प्रमाणित गरी नतिजा सार्वजनिक भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार ४ लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको छ ।

परीक्षाका लागि कुल ४ लाख ८२ हजार परीक्षार्थीले परीक्षा फारम भरेका थिए ।

परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट https://www.see.gov.np/exam/results, राष्ट्रिय परीक्षा बोर्डको https://www.neb.gov.np/results, शिक्षा विभागको http://doe.gov.np/ शिक्षा मन्त्रालयको वेबसाइट https://moe.gov.np/ र नेपाल टेलिकमको https://see.ntc.net.np/ मा लग इन गरेर नतिजा हेर्न सकिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds