पोखरा – पोखराका ११ जना सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालायको पछिल्लो अद्यावधिक विवरण अनुसार स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ११ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमितहरु कास्की, नवलपुर, लमजुङ, तनहुँ, बाग्लुङ र स्याङ्गजा गरी ६ जिल्लाका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं -१६ का ६६ बर्षीय पुरुष, पोखरा -९ का ३१ बर्षीय महिला र ३६ बर्षका पुरुष, पोखरा -७ का ३८ बर्षीय पुरुष र ३६ बर्षकी महिला, पोखरा -१७ का ८७ बर्षीय पुरुष, पोखरा -२७ का २४ बर्षीया महिला र १० बर्षका वालक सहित ५९ बर्षका पुरुष, पोखरा ३० – का ४६ बर्षीय पुरुष र पोखरा -४ का २१ बर्षीया युवतीमा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा .विनोद विन्दु शर्माले जानकारी दिए ।
यस्तै नवलपुरको विनयत्रिबेणी नगरपालिका वडा नं -१ का २८ बर्षीय पुरुष, लमजुङ दोर्दी गाउँपालिका -१ का ३० बर्षीय पुरुष, तनहुँ व्यास नगरपालिका -१ का ३१ र २३ बर्षीया महिला, बाग्लुङ नगरपालिकाका २६ बर्षीय पुरुष र स्याङ्गजा पुतलीबजार नगरपालिकाका ६० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७५६ पुगेको छ । भने, कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या पनि १५५० पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन