पोखरा । पोखरामा कोरोनाबाट थप एक जनाको ज्यान गएको छ । तनहुँकी महिलाको मृत्यु पश्चात कोरोना पुष्टि भएको हो । तनहुँको व्यास नगरपालिका १, अम्रेनी निवासी ५० वर्षीया महिला पोखरा १२ हस्पिटलचोक स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेकी थिइन् ।
उनको हिजो सोमबार राति ११ बजेर ३६ मिनेटमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो ।श्रोतका अनुसार उनलाई निमोनिया भएपछि अस्पतालमा ल्याइएको थियो । उनी साउन ३२ देखि उपचाररत थिईन् । महिलामा मधुमेहसँगै मुटुरोगको समस्या रहेको पनि श्रोतले जनाएको छ ।
केहिबेर अघि मात्र प्राप्त नतिजाअनुसार उनमा कोभिड १९ पोजिटिभ देखिएको छ । यसबारे क्षेत्रीय स्वास्थ्य निर्देशनालयले केही जानकारी दिइसकेको छैन । नेपाली सेनाले नै आज उनको अन्तिम संस्कार गर्नेछ । यसको लागि तयारी भइरहेको छ ।
गण्डकी प्रदेशमा यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय गण्डकीले भने अहिलेसम्म ५ जनाको मृत्यु भएको जनाउँदै आएको छ । स्वास्थ्य मन्त्रालयले हरेक दिन गर्ने मिडिया व्रिफिङमा गण्डकीमा यसअघि नै ६ जनाको मृत्यु भइसकेको उल्लेख गरेको छ ।

तस्वीरः स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश
अस्पतालका कर्मचारी भन्छन्ः ‘हामीले पनि भर्खर थाहा पायौं, सतर्क भएका छौं’
अस्पतालका मुख्य अधिकारीसँग सम्पर्क हुन सकेन । अस्पतालमा फोन गर्दा त्यहाँका कर्मचारीहरुले आफूहरुलाई सबै कुरा भन्ने अधिकार नभएको बताए ।
एक कर्मचारीले भनेः- ‘हामीले पनि भर्खर थाहा पायौं । बिरामी बसेको वार्ड, उहाँलाई उपचार गर्ने डाक्टर, उपचारमा संलग्न नर्सहरु सबैलाई खबर गर्दैछौं । हामी सचेत छौं । सतर्क पनि छौं । अहिलेलाई अस्पताल बन्द छ । सबैलाई घटनाबारे भनेका छौं । अस्पतालमा तत्काल स्वास्थ्य सेवा उपलब्ध हुँदैन । पहिले अस्पताल सुरक्षित बनाउनुप¥यो ।’
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन