पोखरामा जिपको ठक्करबाट गम्भीर घाइते प्रहरी हवल्दारको पनि मृत्यु

पोखरामा जिपको ठक्करबाट गम्भीर घाइते प्रहरी हवल्दारको पनि मृत्यु

malepatan

पोखरा – पोखराको मालेपाटनमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी हवल्दारको पनि मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट ड्युटीमा गएको ग १ ब ३६९ नम्वरको मोटरसाइकललाई पोखरा महानगरपालिका -५ मालेपाटनस्थित बिश्वास पेट्रोल पम्प अगाडी ग २ च २६२६ नम्वरको बोलेरो जिपले पछाडिबाट ठक्कर दिंदा गम्भीर घाइते प्रहरी हवल्दार डम्बर थारुको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा बुधबार दिउँसो १२ :३० बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थारुको स्थायी घर बर्दिया जिल्ला मैनापुर – २ बढैयाताल हो  ।

दुर्घटनामा पाल्पा जिल्ला रिप्दीकोट गाउँपालिका -८ घर भइ वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान २० वर्षीय चन्द्र बहादुर बगालेको राती १ :४५ बजे नै उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो ।

मृतक दुवै जना दंगा नियन्त्रण प्रहरी गण तनहुँ गुल्म नं. २ दरबन्दी भई वडा प्रहरी कार्यालय बैदाममा कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ठक्कर दिने जिपका चालक धादिङ जिल्लाको धुनीबेशी गाउँपालिका -५ घर भई पोखरा – २३ बस्ने विशाल के.सी लाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds