गण्डकी प्रदेशमा थपिए ५ जिल्लाका ५ कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए ५ जिल्लाका ५ कोरोना संक्रमित

Corona update 3

स्वास्थ्य निर्देशनालायको पछिल्लो अद्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर

परीक्षणमा ५ जिल्लाका ५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना

संक्रमितको संख्या १७८८ पुगेको छ ।

संक्रमित तनहुँ देवघाट – ५ का २७ बर्षीय पुरुष , गोर्खा पालुङ्टार – ४ का ५० बर्षीय पुरुष, बाग्लुङ बडिगाड्का

२२ बर्षीय पुरुष, धादिङ् गंगाजमुनाका ३२ बर्षीय पुरुष र नवलपरासी कवासोतीका ३२ बर्षीय पुरुषमा कोरोना

पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

बाग्लुङ,धादिङ्  र नवलपरासीका ३  कोरोना संक्रमित लमजुङमा कार्यरत कर्मचारी हुन । 

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds