तनहुँ । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र देवघाट गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिकाको ८ वटा वडा र देवघाट गाउँपालिकाको एउटा वडामा निषेधाज्ञा जारी गरेको हो । कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलन सक्ने परिस्थिति सिर्जना भएकाले सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले शुक्लागण्डकी नगरपालिकाको वडा नं २ देखि ९ का सम्पूर्ण क्षेत्र, भिमाद नगरपालिकाको सम्पूर्ण क्षेत्र र देवघाट गाउँपालिका–५ मा आज राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम ती स्थानहरुमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।
तनहुँको भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिकाका समुदाय स्तरका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।
जिल्लाको भानु नगरपालिकामा २४, व्यास नगरपालिकामा ७, शुक्लागण्डकी नगरपालिकामा १, देवघाट गाउँपालिकामा ३, बन्दिपुर गाउँपालिकामा १ जना गरि ३६ जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।
यसअघि प्रशासनले भदौ १ गतेदेखि व्यास नगरपालिकामा सोमबार दिउँसो १२ बजेदेखि भदौ ७ गते दिउँसो १२ बजेसम्म र भानु नगरपालिकामा भदौ १४ गते सम्म निषेधाज्ञा जारी गरेको थियो ।
यी हुन गर्न नपाइने काम
बैंक तथा वित्तिय संस्थाका कुनै पनि सेवाहरु पुर्णरुपमा बन्द गरिने छ । त्यस्तै उद्योग कलकारखाना तथा अन्य कुनै पनि सेवाहरु बन्द गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।
यस अवधिमा सर्वसाधरणले अत्यावश्यक काम बाहेक अन्य समयमा घरबाट बाहिर निस्कन पाउने छैनन् ।
निस्कनै पर्दा अनिवार्य मास्कको प्रयोग गर्ने तथा समुहमा ननिस्कने, भौतिक र सामाजिक दुरी कायम गर्नु पर्ने, मठ मन्दिर तथा सार्वजानिक स्थानमा भेला हुन नपाईने, साथै धार्मिक तथा सामाजिक कार्यमा भेला हुन नपाउने प्रशासनले जनाएको छ ।
यी हुन गर्न पाईने काम
तर यो अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद व्यवस्थापनका सेवाका कार्यहरु सन्चालन गर्न पाईने छ ।
त्यस्तै राष्ट्रिय राजमार्गमा सन्चालन हुने सवारी साधन पनि सन्चालन हुने छ, त्यस्तै सरकारी तथा सार्वजानिक कार्यलयका नियमित कार्यहरु पनि सन्चालन गर्न पाईने भएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई, भौतिक दुरी कायम गरि औषधी र औषधीजन्य पसलहरु, खाद्य सामाग्री पसल, दुध जन्य सामाग्रीको पसल, फलफुल र तरकारीको पसल पनि सन्चालन गर्न पाईने छ ।
त्यसैगरि एम्बुलेन्स, शव बहान, खाद्य ढुवानी, औषधी, फलफुल, कुखुराको दाना, चल्ला, माछा, मासु, तरकारी र फलफुल, दुध, पानी र इन्धन बोकेका सवारी साधन, कुटनीतिक नियोगका झन्डावाल सवारी साधन, सुरक्षा निकायका, सरकारी नम्बर प्लेटका र जिल्ला प्रशासनले पास उपलब्ध गराएका सवारी साधन पनि सन्चालन गर्न पाईने सुचनामा उल्लेख छ ।
उक्त आदेश उल्लंघन गरको पाईएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने प्रशासनले जनाएको छ ।
यो पनि…
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?