पोखरा महानगर सहित कास्की जिल्लाभार पाँच दिने निषेधाज्ञा जारी छ । आज चौथो दिन सकिँदा धेरै हदसम्म कस्केलीले पालना गरेको देखियो । कुशे औंशी र तीजलाई मध्येनजर गर्दै भिडभाड हुन नदिन लगाइएको निषेधाज्ञा अब के हुन्छ ? सबैलाई चासोको विषय छ ।
शनिबार मात्रै १६ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा संक्रमण कम भएको मान्न सकिँदैन । तर, तीजको भिडभाडलाई भने रोक्न सफल भयो । भदौ ३ गते राति १२ बजेबाट ५ दिनका लागि जारी गरिएको निषेधाज्ञा भोलि ७ गते राति १२ बजेबाट सकिँदैछ ।
पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी लकडाउन निरन्तर गर्नुपर्ने पक्षमा नभएपनिमहानगरबासीको स्वास्थ्यको सवाल रहेकाले के गर्ने ? व्यापक छलफलको आवश्यकता औंल्याउँछन् ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वको कोरोना रोकथाम मूल समितिको बैठक भोलि आइतबार बस्दैछ । मेयर जिसीले पाँच दिने निषेधाज्ञा अवधिको विश्लेषण गर्दै एक साता समयावधि थप गर्ने कि खुकुलो गर्ने वा हटाउनेबारे निर्णय हुने बताएका छन् ।
एक हप्ता पुनः लकडाउन समेत हुन सक्ने सम्भावना पनि छ । पोखरामै पनि कुनै वडामा नदेखिएको र कुनै वडामा व्यापक मात्रामा बढ्दै गएकाले वडागत हिसाबमा समेत कडा वा खुकुलो बनाउन सकिनेछ । बैङ्किङ, सार्वजनिक यातायात र भिडभाड हुने स्थानहरूमा कडाइ गरेर अन्य ठाउँ खुकुलो बनाउन समेत सकिनेछ ।
कास्कीमा जारी निषेधाज्ञाबारे ३ विकल्पमा छलफल गरी भोलि बेलुकासम्म निर्णय हुने प्रशासन श्रोतले जनाएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह