सवारी दुर्घटनामा घाइते पोखरा भलामका आशिषको निधन

सवारी दुर्घटनामा घाइते पोखरा भलामका आशिषको निधन

ashish

गत शनिबार सवारी दुर्घटनामा परेका पोखरा महानगरपालिका वडा नम्बर २० भलाम निवासी आशिष गौतमको सोमबार बिहान निधन भएको छ ।

मोटरसाइकल दुर्घटनामा परेर पोखराको मनिपाल अस्पताललमा उपचाररत उनको बिहान साढे ६ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

२८ बर्षीय आशिष शनिबार बेलुकी साढे ६ बजेतिरको समयमा ग १४ प २१३७ नम्बरको मोटरसाइकलमा सवार रहँदा आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

उनको टाउको, ढाँड, घुँडामा चोट लागेको थियो भने गम्भिर अवस्थामा मनिपाल अस्पतालमा लगिएको थियो । उनको आजै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी काका नवराज गौतमले शव बुझि लगेको र आजै अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ