पोखरामा पत्रकार र सुरक्षाकर्मीसहित ११ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरामा पत्रकार र सुरक्षाकर्मीसहित ११ जनालाई कोरोना संक्रमण पुष्टि

Police Corona

पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ११ जना पोखरा महानगरपालिकाका हुन ।

पोखरामा १ पत्रकार, २ सुरक्षाकर्मी र १ जना दुबईबाट फर्किएका व्यक्तिसहित ११ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यस्तै तनहुँको भानु नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ८ पुगेको छ । १ हजार ६ सय ३९ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds