गण्डकी प्रदेशमा मंगलबार २२ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार ३ पटक सूचना जारी गर्दै स्वास्थ्य निर्देशनालय गण्डकीले यसबारे जानकारी दिएको हो । पोखरामा ११ जना थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विवरण अनुसार प्रदेशमा ५ जना थपिए । प्रदेशका ३ जिल्लाका ४ पुरुष र १ महिला गरी थप ५ जनामा पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा मनाङ निस्याङ – १ का ५१ वर्षीय पुरुष र चामे – ४ का ४९ वर्षीय पुरुष, पर्वत फलेवास – ३ का ३५ वर्षीय पुरुष र ७ का २२ वर्षीय पुरुष तथा बागलुङ – ३ की ५४ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मनाङमा संक्रमण पुष्टि हुने मध्ये निस्याङका शिक्षक र चामेका स्वास्थ्यकर्मी रहेको निर्देशनालयले उल्लेख गरेको छ ।

यसअघि, मंगलबारको दोस्रो अद्यावधिक विवरण अनुसार पोखरामा ७ सहित गण्डकी प्रदेशमा १३ जना नयाँ संक्रमित थपिएको जानकारी दियो । पोखरा महानगरको वडा नम्बर ४ मा २ जना, ५ मा २ जना, ७ मा १ जना, १० मा १ जना र १४ मा १ जना नयाँ संक्रमित थपिएका हुन् । तनहुँको भानुमा ६ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहानै निर्देशनालयले पोखरामा ४ जना संक्रमित थपिएको जानकारी दिएको थियो । संक्रमितहरु पोखरा महानगरपालिका वडा नं. १३ का ३०, ३० वर्षका दुई पुरुष, पोखरा २८ का ३४ वर्षीय पुरुष र पोखरा २९ का ३६ वर्षीया महिला हुन् । पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाका अनुसार १३ नम्बर वडा दिएपनि उनीहरु वडामा ६ महिनादेखि बसेका छैनन् । संक्रमित मध्ये पोखरा १३ का भनिएका दुई जना भारतबाट आएका हुन् भने अन्य दुई जना कन्ट्याक्ट ट्रेसिङका क्रममा नमुना स्वाब दिएर बसेका हुन् । पोखरामा भेटिएका ११ मध्ये १ पत्रकार, २ सुरक्षाकर्मी र १ जना दुबईबाट फर्किएका हुन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ३९ पुगेको छ । अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह