कास्की जिल्लामा बुधबार ४ जना कोरोना संक्रमित थपिए । यसमध्ये पोखरा महानगरका ३ जना र मादी गाउँपालिकाका १ जना रहेका छन् ।
प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा बुधबार पुष्टि भएका पोखरा १७ का २८ वर्षे युवक भारतबाट पोखरा भित्रिएको खुलेको छ । भारतीय सैनिक उनी नौ दिन अगाडि आएको र अहिलेसम्म होटल क्वारेन्टाइनमै रहेकाले उनीबाट कुनै जोखिम छै्रन । दुई दिन अघि स्वाब दिएका उनको स्थायी घर स्याङ्जा रहेको खुलेको छ ।
यस्तै, पोखरा ११ का ४६ वर्षीय पुरुष पोखरा रानीपौवास्थित साई अर्चना हस्पिटलका सुरक्षा गार्ड रहेको थाहा भएको छ । ४६ वर्षे उनको कुनै ट्राभल हिस्ट्री छैन । शनिबारदेखि ज्वरो आउन थालेपछि स्वाब परीक्षणका लागि दिएकोमा आज उनको पोजिटिभ रिजल्ट आएको हो ।
पोखरा १४ का ५८ वर्षे पुरुषमा पनि बुधबार नै कोरोना पुष्टि भएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कास्कीका अर्का संक्रमित मादी गाउँपालिकाका ३९ वर्षे पुरुष हुन् । उनी दुबईबाट आएको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा संक्रमित १९ सय ५२ पुगेका छन् । तीमध्ये तीमध्ये १६ सय ४३ जना निको भएका छन् भने आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, स्याङ्जाका २, बागलुङ, तनहुँ, गोरखा र म्याग्दीका १, १ जना छन् । पोखरा महानगरमा मात्रै कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । तीमध्ये १ सय ६९ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
प्रदेशभरको समाचारः
कोभिड १९ अपडेटः अहिलेसम्म कास्कीमा ४, लमजुङमा २३, नवपुरमा ९ जनासहित गण्डकीमा ३९ जना थपिए
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प