तनहुँ । तनहुँका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको म्याग्दे गाउँपालिकाका ८ जना, भानु नगरपालिकाका १ र देवघाट गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
म्याग्दे गाउँपालिकाको वडा नम्बर ४, ६ र ७ का ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
म्याग्दे गाउँपालिका–४ का ३४, ६२, म्याग्दे गाउँपालिका–६ का ५८, ५३, म्याग्दे गाउँपालिका–७ का ३५ र ३७ वर्षीय पुरुष, एक वर्षीय बालक र ३१ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमध्ये एक जना प्रहरी, ६ जना भारतबाट आएर होम क्वारेन्टिनमा बसेका र एक जना म्याग्दे गाउँपालिका–७ घर भई हाल व्यास नगरपालिका–३ शान्तिनगर बस्ने पुरुष रहेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाले जानकारी दिए ।
गाउँपालिकाले गत भदौ ८ गते १४५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाएको थियो ।

त्यस्तै भानु नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।
स्थायी ठेगाना भानु-४ भएपनि स्वाब भानु नगरपालिकाबाट नपठाइएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।
‘हामीले पठाएको स्वाब होईन ।’ प्रमुख भट्टराईले भने ‘पोखरा मै स्वाब दिएर बसाई उतै(पोखरा) नै रहेकोे र बैंकका कर्मचारी भन्ने प्रारम्भिक जानकारी आएको छ ।’ उनले अगाडि भने ‘के कसो भनेर हामी बुझ्दै छौ ।
यस्तै देवघाट गाउँपालिका वडा नम्बर ५ निवासी ५१ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाले होम क्वारेन्टिन, क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङबाट गत भदौ ७ गते २५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि भरतपुर कोरोना अस्पतालको प्रयोगशालामा पठाएको थियो ।
बुधबार प्राप्त रिपोर्ट अनुसार २४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ र १ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार बुढाथोकीले जानकारी दिए ।
उनले भने ‘अहिले गाउँपालिका भित्र २ जना सक्रिय संक्रमित रहेको छ ।’
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?