पोखरामा मृत्यु भएकी महिलाको यसरी गरियो शव व्यवस्थापन (भिडियोसहित)

पोखरामा मृत्यु भएकी महिलाको यसरी गरियो शव व्यवस्थापन (भिडियोसहित)

3rd mahila

तस्वीरः गल्लीगल्ली डटकम

पोखरामा कोभिड–१९ बाट विहीबार मृत्यु भएकी महिलाको शव  पोखरा महानगरपालिका वडा नं. ३२ मजुवामाव्यवस्थापन गरिएको छ । ती महिलाको शव पीपीई पहिरिएका तालिमप्राप्त व्यक्तिहरुले एक्साभेटरले खाल्डो खनेर माटोले पुरेका हुन् ।

३२ बर्षिया ती महिला पोखरा १२ निवासी हुन् । कोरोना संक्रमणबाट विहीबार विहान ८ बजे ती महिलाको निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जानकारी दिएको छ । उनी साइ अर्चना, मणिपाल, कास्की सेवा हुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड विशेष कक्षमा पुगेकी थिइन् । यसअघि सेवा हस्पिटलमा कोरोना भाइरसबाटै भदौ १ गते ज्यान गुमाउने तनहुँकी महिलासँग एउटै वार्डमा उनी बसेको खुलेको छ । त्यसपछि स्वाब परिक्षण गर्दा सेवा हस्पिटलका एक जना नर्स र आज मृत्यु हुने महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा कोरोनाबाट हालसम्म ५ जनाले ज्यान गुमाएका छन् । केन्द्रमा यस अघि कोरोना संक्रमित पोखरा – १६ का ८७ वर्षीय बृद्ध र पोखरा १९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो । स्याङजाका २ संक्रमित पुरुषको समेत केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

यसबाहेक पोखराको कास्की सेवा हस्पिटलमा उपचाररत तनहुँकी ५० वर्षीया महिलाको पनि भदौ २ गते कोरोनाका कारण मृत्यु भएको थियो । पोखरामा ३ र गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

भिडियो:

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds