अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण

अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण

binod-chaudhari

काठमाण्डौ –  नेपालका एक मात्र अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्। उनले आज शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको जानकारी दिएका हुन् ।

ट्विटमा उनले भनेका छन्, ‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो । मलाई कोरोना पोजेटिभ देखियो । तर मलाइ कुनै पनि लक्षण छैन।’ उनले आफूमा सेल्फ क्वारेन्टाइनमा बसेका जनाएका छन् । डाक्टरको सल्लाह अनुसार आफूले सेल्फ क्वारेन्टाइनमा बसेको उल्लेख गर्दै उनले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाब दिएका छन् ।

आफूमा कोरोनाको कुनै लक्षण नदेखिएकोमा भगवानलाई धन्यवादसमेत दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds