कास्कीमा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा फेरि एक साता थपिएकोमा आज मध्येराति १२ बजेदेखि सकिँदैछ । पोखरासहित कास्कीभर जारी भएको निषेधाज्ञा अब के हुन्छ ? भन्ने जनचासो छ । निषेधाज्ञा नथपिने लगभग निश्चित छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी पोखरामा संक्रमितको संख्या बढ्दै गएपछि मात्र नरम भएका थिए नत्र उनी पनि सधैं बन्द गरेर जाने पक्षमा थिएनन् । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त झनै सार्वजनिक समारोहहरुमा नै बन्दको विरोध गर्दै आएका हुन् । अर्थको बागडोर सम्हालेका अर्थमन्त्री किरण गुरुङले त बन्द गर्नेहरुलाई मूर्ख समेत भनेका छन् । उनले पटक पटक सामाजिक सञ्जालमा तितो पोख्दै आएका छन् ।
यसैबीच, पोखरामा लकडाउनलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा पोखरेलीमाझ गरेको सर्वेक्षणमा अधिकांशले निरन्तरता दिन नहुने तर थप सजग र सचेत हुनुपर्ने बताएका छन् । संक्रमण बढ्दै गएकाले लकडाउनलाई निरन्तरता दिनुको विकल्प नरहेकोमा पनि अनपेक्षित रुपमा मत आएको छ । एक हजार भन्दा बढी पोखरेलीले मत जाहेर गरेका छन् । १ हजार ५० मत आएकोमा निरन्तरता दिनुहुन्न भन्नेहरु ५८३ जना अर्थात् ५६ प्रतिशत र निरन्तरता दिनुपर्छ भन्नेहरु ४६७ अर्थात् ४४ प्रतिशत रहेका छन् ।
दिनुपर्छ भन्नेहरुको पनि कारण छ । धेरैले भनेका छन्ः ‘पोखरामा लकडाउन नगर्ने हो भने सबै सडकमा आउँछन्, सचेतता छैन । झन् फैलन्छ । त्यसैले पोखरेलीकै आफ्नै कारणले लकडाउन गर्नुपरेको हो ।’

तर, विशेष श्रोतका अनुसार भिडभाड हुने सेवाहरु बन्द गराएर अन्य सेवा खुलाउने गरी निर्णय हुनेछ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु