पोखरामा आज मृत्यु भएका कोरोना संक्रमित लमजुङ करापुटारका

पोखरामा आज मृत्यु भएका कोरोना संक्रमित लमजुङ करापुटारका

coronaaa death

Photo: GallyGally.com

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्र स्थित आइसोलेसन कक्षमा उपचारकै क्रममा शुक्रबार मृत्यु भएका कोरोना संक्रमितको स्थायी ठेगाना लमजुङको मध्यनेपाल नगरपालिका ७ करापुटार रहेको खुलेको छ ।

बिहीबार प्रतिष्ठानमै स्वाब दिएर घर फर्किएका ५२ वर्षीय ति पुरुषलाई शुक्रबार उपचारका लागि ल्याउँदा ल्याउँदै दिउँसो सवा १२ बजे गेटमै ढलेका थिए । श्वासप्रस्वासमा धेरै नै समस्या भइसकेकोले ल्याउँदा ल्याउँदै गलिसकेको भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् । डेढघण्टा जति आइसोलेसनमा राखेपछि उनले अन्तिम श्वास फेरे ।

उनी पोखरा १६ लामाचौर स्थित सम्धीकहाँ बसेर पोखरामा थप उपचार गर्दै थिए । लमजुङबाटै अस्वस्थ भएर पोखरा आएको खुलेको छ । शुक्रबार बिहान आफन्तसहित ५ जना महेन्द्र गुफादेखि एउटै गाडीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आएको बुझिएको छ । पाँच जनामा अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पनि सम्धी भएको खुलेको छ । उनीहरु दुवैजना सुरुमा उपचारका लागि फिस्टेल हस्पिटल पुगेका थिए । निमोनिया देखिएपछि फिस्टेलले गण्डकी हस्पिटल पठाएको थियो ।

उनी पूर्व भारतीय सैनिक हुन् । उनलाई प्यारालाइसिसले गोडामा समेत असर पुगेको बताइएको छ । उनलाई पनि पोखरा १६ कै ठेगानामा अस्पतालले सूचना जारी गरेको थियो ।

यस सूचना अनुसार पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि, विहीबार मात्रै पोखरा १२ की ३१ वर्षीया महिलाको मृत्यु भएको थियो । पोखरा महानगरपालिका १६ का ८७ वर्षका वृद्ध र पोखरा महानगरपालिका १९ का ६२ वर्षका पुरुषको मृत्यु भएको थियो । गण्डकी प्रदेशमा भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds