पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्र स्थित आइसोलेसन कक्षमा उपचारकै क्रममा शुक्रबार मृत्यु भएका कोरोना संक्रमितको स्थायी ठेगाना लमजुङको मध्यनेपाल नगरपालिका ७ करापुटार रहेको खुलेको छ ।
बिहीबार प्रतिष्ठानमै स्वाब दिएर घर फर्किएका ५२ वर्षीय ति पुरुषलाई शुक्रबार उपचारका लागि ल्याउँदा ल्याउँदै दिउँसो सवा १२ बजे गेटमै ढलेका थिए । श्वासप्रस्वासमा धेरै नै समस्या भइसकेकोले ल्याउँदा ल्याउँदै गलिसकेको भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् । डेढघण्टा जति आइसोलेसनमा राखेपछि उनले अन्तिम श्वास फेरे ।
उनी पोखरा १६ लामाचौर स्थित सम्धीकहाँ बसेर पोखरामा थप उपचार गर्दै थिए । लमजुङबाटै अस्वस्थ भएर पोखरा आएको खुलेको छ । शुक्रबार बिहान आफन्तसहित ५ जना महेन्द्र गुफादेखि एउटै गाडीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आएको बुझिएको छ । पाँच जनामा अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पनि सम्धी भएको खुलेको छ । उनीहरु दुवैजना सुरुमा उपचारका लागि फिस्टेल हस्पिटल पुगेका थिए । निमोनिया देखिएपछि फिस्टेलले गण्डकी हस्पिटल पठाएको थियो ।
उनी पूर्व भारतीय सैनिक हुन् । उनलाई प्यारालाइसिसले गोडामा समेत असर पुगेको बताइएको छ । उनलाई पनि पोखरा १६ कै ठेगानामा अस्पतालले सूचना जारी गरेको थियो ।

यस सूचना अनुसार पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि, विहीबार मात्रै पोखरा १२ की ३१ वर्षीया महिलाको मृत्यु भएको थियो । पोखरा महानगरपालिका १६ का ८७ वर्षका वृद्ध र पोखरा महानगरपालिका १९ का ६२ वर्षका पुरुषको मृत्यु भएको थियो । गण्डकी प्रदेशमा भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन