काठमाण्डौ । एउटा बैंकले जारी गरेको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा ग्राहकबाट शुल्क लिन नपाइने भएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हालै जारी गरेको गत आर्थिक वर्षको एकीकृत निर्देशनमा उक्त कुरा उल्लेख छ । ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा भनिएको छ ।
यो नयाँ व्यवस्था भने होइन । कोभिड–१९ को जोखिमबाट बच्न गत चैतमा सरकारले राष्ट्रव्यापी रुपमा लकडाउन घोषणा गरेपछि बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम कारोबार निःशुल्क गरेका थिए । सरकारले लकडाउन खुकुलो बनाएको भन्दै गत साउनदेखि बैंक तथा वित्तीय संस्थाले उक्त कारोबारमा शुल्क लिन थाले । तर, साउन २ गते सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले कोभिड–१९ को असर रहँदासम्म अन्तरबैंक एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था ल्यायो ।
त्यसपछि साउन ४ मा राष्ट्र बैंकले सूचना जारी गरी अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था ग¥यो । अहिले त्यही व्यवस्थालाई एकीकृत निर्देशिकामा समावेश गरेको हो ।
सम्बन्धित खबर
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
किस्तीमा राखेर आएको प्रधानमन्त्री पद त्याग गरेको व्यक्ति हुँ: रवि लामिछाने
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न: ‘वास्तविक उद्देश्य के हो ?’
प्रधानमन्त्री बालेन मुस्ताङ पुगे
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित