पोखराको रामबजार घर भएकी ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनलाई पाखरा ल्याएपछि घटनाबारे थप जानकारी प्राप्त हुने र सार्वजनिक गर्ने तयारी कास्की प्रहरीको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्की श्रोतका अनुसार शुक्रबार नै बालिकाका परिवारले जाहेरी दिएको थियो । आरोपित व्यक्ति तत्काल फरार रहेकाले प्रहरीले यसबारे सूचना चुहावट नगरी अनुसन्धान तीब्र बनाएको थियो । अनुसन्धानका क्रममा बलात्कार आरोपी स्याङ्जामा लुकेर बसेको थाहा भएपछि त्यहाँको प्रहरीको समन्वयमा उनलाई पक्राउ गरिएको छ ।
अहिले स्याङ्जाबाट पोखरा ल्याईंदै गरेको जानकारी प्राप्त भएको छ । जाहेरी अनुसार बालिकालाई विगत ३ महिना बढी समयदेखि नै शारीरिक शोषण गर्दै आएका थिए । अभिभावक नभएका बेला उनले यस्ता हर्कत गर्थे ।
बालिकाका परिवारले बलात्कार गर्ने गरेको थाहा भएपछि कानुनी उपचार खोज्दै जब प्रहरी कहाँ पुग्यो, यसबारे थाहा हुनासाथ उनी पोखराबाट भागेको बताइएको छ । उनलाई पाखरा ल्याएपछि घटनाबारे थप जानकारी प्राप्त हुने र सार्वजनिक गर्ने तयारी कास्की प्रहरीको छ ।
थप विवरण आउन बाँकी …
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो