छिमेकी ९ वर्षकी बालिका बलात्कार गर्ने पोखरा १० रामबजार, मिलनचोक निबासी ५५ वर्षीय रेस बहादुर गुरुङ स्याङ्जाबाट पक्राउ परेका छन् । उनले छिमेकी नौ वर्षीया बालिकालाई विगत ४-५ महिना अघिदेखि यौन शोषण गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।
स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ०७ घर स्थायी घर भएका गुरुङ भुपु भारतीय आर्मी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जिवनकुमार श्रेष्ठले जानकारी दिए । कास्की प्रहरीको टोलीले स्याङ्जाका प्रहरीसँग समन्वय गरी अभियुक्तलाई स्याङ्जा नै पुगेर पक्राउ गरी पोखरा ल्याएको हो । स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ०८ टोड्केमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्रिएको हो ।
कास्की प्रहरीले जबर्जस्ती करणीको अभियोगमा म्याद थप गरी मुद्दा दायर गरेर कारबाही प्रकृया अगाडि बढाएको जनाएको छ । शुक्रबार नै बालिकाका परिवारले प्रहरीमा किटानी जाहेरी दिएको थियो ।
आरोपित व्यक्ति तत्काल फरार भएका थिए । अभिभावक नभएका बेला गुरुङले बालिकाविरुद्ध यस्ता हर्कत गर्थे । बालिकाका परिवारले बलात्कार गर्ने गरेको थाहा भएपछि कानुनी उपचार खोज्दै जब प्रहरी कहाँ पुग्यो, यसबारे थाहा हुनासाथ उनी पोखराबाट भागेको बताइएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन