पोखरामा लेकसाइडका पर्यटन व्यवसायीसहित दुई जनामा कोरोना पुष्टि

पोखरामा लेकसाइडका पर्यटन व्यवसायीसहित दुई जनामा कोरोना पुष्टि

Pokhara Lakeside Phewa Fewa

पोखरा महानगरमा मंगलबार थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा ६ लेकसाइडका एक पर्यटन व्यवसायी र होम आइसोलेसनमा रहेकी महिलामा कोरोना पुष्टि भएको हो ।

पोखरा ६ का ४५ वर्षीय पुरुष र पोखरा – १३ की २४ वर्षीया महिलामा कोरोना देखिएको हो । स्वास्थ्य निर्देशनालयले गण्डकीको विज्ञप्तीमा भने महिला र पुरुष फरक पर्न गएको महानगर श्रोतले जनाएको छ ।

पोखरा – ६ मा संक्रमण पुष्टि हुने व्यक्ति पर्यटन व्यवसायी रहेको र उनी पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत रहेको निर्देशनालयले जनाएको छ । पोखरा १३ की महिला भने होम आइसोलेसनमा रहेको निर्देशनालयले उल्लेख गरेको छ । उनी पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषका छोरी रहेको खुलेको छ ।

गण्डकी प्रदेशमा मंगलबार बिहान थप ३९ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ०५ पुगेको छ । गण्डकीमा कूल निको भएकाको संख्या १ हजार ६ सय ९६, मृत्यु संख्या १५ र अहिले एक्टिभ केस ४९५ छन् । कास्कीमा मात्रै ५ जनाको मृत्यु, ३३१ जना संक्रमित, २०३ जना निको भएका र एक्टिभ केस १२३ छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ