पोखरामा थप २९ जनालाई एकैपटक कोरोना संक्रमण पुष्टि

पोखरामा थप २९ जनालाई एकैपटक कोरोना संक्रमण पुष्टि

Pokhara ward 10 15

तस्वीरः सुदर्शन रञ्जित

पोखरा । पोखरामा बिहीबार थप २९ जनामा कोरोना(कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरका थप २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार दिउसो १ बजे तेस्रो विज्ञप्ति मार्फत जनाएको छ ।

नयाँ थपिएका संक्रमित पोखरा महानगरका १० वटा वडाका २१ देखि ५२ वर्ष उमेर समुहका महिला र पुरुष रहेका छन् । त्यस्तै महानगरको वडा नम्बर १, ५ , ८ १०, १२, १३, १४, १६, २७ र ३० मा संक्रमण देखिएको हो ।

पोखरा १ की ४२ वर्षीया महिला ५ का २८ वर्षीय पुरुष, ८ का ३५ र ५८ वर्षका दुई पुरुष, १० का ३८ र ४६ वर्षीया दुई महिला तथा २७ ,३० , ३७, ३८ र ४८ वर्षका पुरुष , १२ का २५ ,३६ ३७, ४४ ,४५ वर्षीया महिला तथा ३१, ३६ र ४७ वर्षका पुरुष , १३ का २१ वर्षीय महिला तथा २२ र ४८ वर्षका पुरुष, १४ का ३५ वर्षीया महिला तथा ४६ वर्षीय पुरुष, १६ का ५२ वर्षका पुरुष , २७ का ३२ र ३७ वर्षीया महिला तथा ३५ वर्षीय पुरुष र ३० का ३५ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै तनहुँ व्यास १ र ४ का २९ वर्षीया २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ