पोखरा । कोरोना संक्रमण उच्च रुपमा वृद्धि हुन थालेपछि यसलाई नियन्त्रणमा राख्न भन्दै पोखरा महानगरपालिकाका तीन वटा वडा सिल गरिँदैछ । वडा नम्बर १०, १२ तथा १३ सिल हुने भएको हो । ३ वटै वडाका वडाध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै १०, १२ तथा १३ नम्बर वडा आज राति १२ बजेबाट लागू हुने गरी भदौ २६ गतेसम्मका लागि सिल गर्ने जानकारी दिएका हुन् ।
पोखरा १०, १२ तथा १३ अन्तरगतका स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुरासँ टोल, भद्रकाली हुँदै ढिकालेथर, कुँडहरचोक हुँदै मियापाटनसम्म सबै क्षेत्र सिल हुने भएको छ । त्यस्तै लालीगुरासँ मिनीमार्ग, प्रगती टोल, विपी मार्ग ‘क’ र ‘ख’ सबै हुँदै भद्रकाली ‘ख’ टोल विकास क्षेत्र, माछापोखरीदेखि संगम टोल, मियापाटन, अन्नपूर्ण टोल हुँदै बेसलाइन स्कुल क्षेत्रका सबै क्षेत्र सिल गरिएको विज्ञप्तिमा जनाइएको छ ।
सिल गरिएका वडाभित्र खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म खोल्न पाइने छ । साथै एम्बुलेन्स तथा अन्य अति आवश्यकीय क्रियाकलाप गर्न भने रोक नलगाइने भएको छ । यस्ता सेवा सञ्चालन गर्दा सेनिटाइजरको नियमित प्रयोग गर्न, मास्कको अनिवार्य प्रयोग तथा भौतिक दुरी कायम गर्न वडाका वडाध्यक्षहरुले जारी गरेको विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन