चर्चित गायक राजु परियारको सिर्जनामा रमेश र सन्ध्याको मनै छुने गीत ‘पिरती छुटाए’ (भिडियो सहित)

चर्चित गायक राजु परियारको सिर्जनामा रमेश र सन्ध्याको मनै छुने गीत ‘पिरती छुटाए’ (भिडियो सहित)

118516938_345665010175571_8136265465507669264_n

लमजुङ । लोक गीत/संगीत क्षेत्रमा निरन्तर लागिरहनुभएका लोक दोहोरी गायक रमेश परियार र सन्ध्या परियारको ‘पिरती छुटाए….’ बोलको मनै छुने गीत सार्वजनिक गरिएको छ ।

चर्चित गायक राजु परियारको शब्द/संगीतमा रमेश र सन्ध्याको सुमधुर आवाजमा सजिएको ‘हातमा सुनको चुरा लाउनीले, यति चोखो पिरती छुटाए पँधेरीमा कुरा लाउनीले’ बोलको गीत एसथ्रीके इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको एरेन्ज बिनोद बाजुराली र मिक्सिङ खडक बाजुरालीले गरेका हुन् ।

समाजमा कुरा काट्ने प्रवृत्ति र यसले प्रेम, वैवाहिक सम्बन्धमा पार्ने असरलाई झल्काइएको गीतको भिडियोमा अर्जुन विक र सरस्वती फुयाँलले जीवन्त अभिनय गरेका छन् ।

गीतको भिडियोमा विक र फुयाँललाई निर्देशक बिक्रम चौहानले ‘फिचरिङ’ गराएका हुन् । राजेश घिमिरेले खिचेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।

सार्वजनिक भएको छोटै समयमा गीत–भिडियोलाई धेरै दर्शक–श्रोताले रुचाएका छन् । दर्शक/श्रोताले राम्रो प्रतिक्रिया दिएका छन् ।

‘चर्चित लोक गायक आदरणीय राजु परियार दाइको शब्द÷संगीतमा आवाज भर्न पायौँ,’ गीतका गायक/गायिका रमेश र सन्ध्याले भने, ‘गीतलाई धेरै दर्शक–श्रोताले रुचाइदिनुभएको छ । सबैमा धन्यवाद दिन चाहन्छौ ।’

भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ