सोमबार बिहानै गण्डकी प्रदेशमा थपिए ६७ कोरोना संक्रमित

सोमबार बिहानै गण्डकी प्रदेशमा थपिए ६७ कोरोना संक्रमित

Gandaki covid corona 4

पोखरा महानगरमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दो क्रममा रहेको छ । स्वास्थ्य कर्मचारी, पोखरा औद्योगिक क्षेत्रका कामदारसहित पोखरामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै सार्वजनिक गरेको तथ्यांकअनुसार पोखराका ३१ जनासहित गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

पोखरामा संक्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदारमात्र २५ जना छन् । जोखिम क्षेत्रका व्यक्तिमा स्वाब परीक्षण गर्दा बिहीबारमात्र पोखरा औद्योगिक क्षेत्रका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखराको मेडिसिटी अस्पतालमा उपचाररत २ जना बिरामीमा पनि संक्रमण देखिएको छ।

पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक ड. विनोद विन्दु शर्माले जानकारी दिए । अस्पतालका २ नर्स र २ जना कार्यालय सहयोगी गरी ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सूस्ता पूर्व) को देउचुली नगरपालिका एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । देउचुलीमा स्वास्थ्यकर्मीसहित २१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी गोरखा र पालुङटार नगरपालिकामा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । तनहुँको ब्यास नगरपालिकामा पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा थपिएका सबै नयाँ संक्रमित कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरिएका व्यक्ति भएको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।

पछिल्लो समय पोखरामा तीव्र गतिमा कोरोना संक्रमणको दर बढिरहेको छ । समुदायका विभिन्न क्षेत्रमा संक्रमण फैलिएको छ । पोखरामा आइतबारमात्र २० जनामा संक्रमण देखिएको थियो ।

गण्डकी प्रदेशमा आइतबार ८५ जनामा थप संक्रमण पुष्टि भएको थियो । योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds