पोखरा । भरतपुर अस्पताल चितवनमा कार्यरत पोखराका थप १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिका वडा नम्बर ३० का ३० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमित सोही अस्पतालमा चिकित्सकका रुपमा कार्यरत रहेका छन् । उनी आफू कार्यरत अस्पतालको आइसोलेसनमा रहेका छन् । यस अगाडि बिहानै पनि पोखरा फूड्सका २५ कर्मचारी सहित पोखरामा थप ३१ जनामा कोरोना पुष्टि भएको थियो ।
यस्तै डायलासीस गर्न पोखरा पुगेका तनहुँको व्यास नगरपालिकाका एक युवकमा कोरोना पुष्टि जिल्लाको व्यास नगरपालिका वडानम्बर ४ का २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा डायलासीसका लागि पुगेका युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित युवकलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भईरहेको निर्देशनालयले जनाएको छ । सोमबार बिहान मात्रै व्यास नगरपालिकामा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो