भरतपुर अस्पतालमा कार्यरत पोखराका चिकित्सकलाई कोरोना पुष्टि

भरतपुर अस्पतालमा कार्यरत पोखराका चिकित्सकलाई कोरोना पुष्टि

doctors_

पोखरा । भरतपुर अस्पताल चितवनमा कार्यरत पोखराका थप १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिका वडा नम्बर ३० का ३० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमित सोही अस्पतालमा चिकित्सकका रुपमा कार्यरत रहेका छन् । उनी आफू कार्यरत अस्पतालको आइसोलेसनमा रहेका छन् । यस अगाडि बिहानै पनि पोखरा फूड्सका २५ कर्मचारी सहित पोखरामा थप ३१ जनामा कोरोना पुष्टि भएको थियो ।

यस्तै डायलासीस गर्न पोखरा पुगेका तनहुँको व्यास नगरपालिकाका एक युवकमा कोरोना पुष्टि जिल्लाको व्यास नगरपालिका वडानम्बर ४ का २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा डायलासीसका लागि पुगेका युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित युवकलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भईरहेको निर्देशनालयले जनाएको छ । सोमबार बिहान मात्रै व्यास नगरपालिकामा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds