पोखरा । कोरोना भाइरस संक्रमणबाट कास्कीमा थप १ जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १ निवासी ६३ वर्षीया महिलाको उपचारका क्रममा भदौ २१ गते वीरेन्द्र अस्पताल छाउनीमा मृत्यु भएको हो ।
उनलाई ब्रेन ट्युमर तथा मृगौलाको समस्या रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । मृतक महिलालाई भदौ १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनको संख्या २० पुगेको छ ।
पोखरामा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नम्बर १२ का २२ तथा २६ वर्षीय पुरुष, वडा नम्बर १४ का ३७ वर्षीय पुरुष, वडा नम्बर १५ का २० वर्षीय पुरुष तथा वडा नम्बर २७ का ४२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित सबैले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पे–क्लिनिकमा परीक्षण गराएका थिए ।
यस्तै, चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा नवलपुरका ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु गैंडाको नगरपालिकाट वडा नम्बर २ का २२ वर्षीय पुरुष तथा ५७ वर्षीय महिला, वडा नम्बर ५ का ३२ वर्षीय महिला तथा ३८ वर्षीय पुरुष र वडा नम्बर ८ का २५ वर्षीय महिला रहेकी छिन् । यस्तै, जिल्लाकै कावासोती २ का २३ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो