बुधबार बिहानै पोखराका ९ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार बिहानै पोखराका ९ जनामा कोरोना संक्रमण पुष्टि

Pokhara valleyy

पोखरा – बुधबार बिहान पोखराका थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ६ का ६ वर्षीया बालिका सहित ३४ वर्षीया महिला, पोखरा ७ का २५ वर्षीय पुरुष, पोखरा १४ का १७ वर्षका किशोर सहित ४५ वर्षीय पुरुष, पोखरा १३ का ३८ वर्षीया महिला, पोखरा १७ का २२ वर्षीय युवक, पोखरा ८ का १७ वर्षीय युवक रवडा नखुलेको २४ वर्षीय युवकको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

संक्रमित हरु मध्ये पोखरा १३ का ३८ वर्षीया महिला साउदी अरबबाट आएकी हुन्  । यस्तै २२ र २४ वर्षका दुई पुरुष हालै भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।

यस्तै बाग्लुङको तमानखोला गाउँपालिका १ का २६ वर्षीय पुरुष र नवलपुर गैंडाकोट १ का ५४ वर्षीय पुरुषको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको विज्ञप्तिमा जनाइएको छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २६७२ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ