पोखरा – बुधबार बिहान पोखराका थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ६ का ६ वर्षीया बालिका सहित ३४ वर्षीया महिला, पोखरा ७ का २५ वर्षीय पुरुष, पोखरा १४ का १७ वर्षका किशोर सहित ४५ वर्षीय पुरुष, पोखरा १३ का ३८ वर्षीया महिला, पोखरा १७ का २२ वर्षीय युवक, पोखरा ८ का १७ वर्षीय युवक रवडा नखुलेको २४ वर्षीय युवकको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
संक्रमित हरु मध्ये पोखरा १३ का ३८ वर्षीया महिला साउदी अरबबाट आएकी हुन् । यस्तै २२ र २४ वर्षका दुई पुरुष हालै भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।
यस्तै बाग्लुङको तमानखोला गाउँपालिका १ का २६ वर्षीय पुरुष र नवलपुर गैंडाकोट १ का ५४ वर्षीय पुरुषको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको विज्ञप्तिमा जनाइएको छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २६७२ पुगेको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन