पोखरा । बुधबार महानगरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको आजको दोर्सो अद्यावधिक विवरण अनुसार पोखराका १० र १५ वडाका २ जनासहित गण्डकी प्रदेशमा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज बिहान पनि पोखराका ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका वडा नम्बर १० का ४० वर्षीय तथा वडा नम्बर १५ का ४० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पोखरा १५ का पुरुष प्रहरी हुन् । उनी वडा प्रहरी कार्यालय रामबजार पोखरामा कार्यरत रहेका छन् ।
त्यस्तै तनहुँकै देवघाट गाउँपालिका वडा नम्बर ४ तथा वडा नम्बर ५ का ४२ तथा २७ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाका ८५ वर्षीय पुरुष तथा तनहुँ म्याग्देका ६० वर्षीय महिला पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका छन् ।
त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ का ८५ वर्षीय पुरुष तथा तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै लमजुङको बेसीसहर नगरपालिका वडा नम्बर ८ का ४६ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार ६ सय ७९ पुगेको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा