पोखरा – पोखराका थप १९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको बिहीबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका ६ वटा वडाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु पोखरा १५, ३२, २५, ८, ५ र १९ वडाका छन् । जसमा, वडा नं ८ मा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा १५ का २३ वर्षीया महिला, पोखरा ३२ का ५० वर्षीय पुरुष, पोखरा २५ का ३६ वर्षीय पुरुष, पोखरा ५ का ४५ वर्षीय पुरुष र १७ वर्षीया युवती, र पोखरा १९ का २२ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ भने, पोखरा ८ मा एकैपटक १३ जना अर्थात् १५, १३, ९ वर्षीय बालक सहित २५, २५, २९ वर्षका पुरुष तथा ८ वर्षीया बालिका सहित २८, २८, २८, ४०, २४ र ३४ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
जसमा पोखरा १५ की २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । पोखरा ३२ का ५० वर्षीय पुरुष पनि सोही अस्पतालमा उपचाररत बिरामी रहेका छन् । भने, पोखरा १९ का २२ वर्षीय संक्रमित व्यक्ति नेपाल प्रहरीमा कार्यरत रहेको बुझिएको छ ।
आज पुष्टि भएका सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका हुन् ।
यस्तै गण्डकी प्रदेश अन्तर्गत आज नै बाग्लुङको बरेङ, जैमिनी र गलकोट गरी ३ वटा पालिकामा ९ जना, तनहुँको भिमाद नगरपालिका १ मा ३ जना, पर्वतमा १ जना, स्याङ्गजाको पुतलीबजार नगरपालिकामा १२ जना र नवलपुरको कावासोती र देवचुली नगरपालिकामा ५ जना गरी गण्डकीमा कूल ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पर्वतका आज पुष्टि भएका संक्रमित पनि नेपाल प्रहरीमा कार्यरत रहेको बुझिएको छ भने, बागलुङ जैमिनीका ५१ वर्षीया महिला हाल पोखराको फेवासिटी अस्पतालमा उपचाररत बिरामी रहेको निर्देशनालयले जनाएको छ । बाग्लुङका अन्य संक्रमित विदेशबाट आएर क्वारेन्टाइनमा बसेका हरु छन् भने, अन्य जिल्लामा पुष्टि भएका संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएकाहरु हुन् ।
संक्रमित सबैलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो, संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २७२८ पुगेको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा