पोखरा १७ का थप १ जनामा कोरोना पुष्टि

पोखरा १७ का थप १ जनामा कोरोना पुष्टि

pokhara

पोखराका थप १ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको बिहीबारको दोस्रो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका १ र तनहुँका १ गरी थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा १७ का ६१ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ । यि संक्रमित व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पे क्लिनिक (Pay Clinic) मा परिक्षणका लागि गएका थिए ।

यस्तै, तनहुँका शुक्लागण्डकी ६ का ३० बर्षीय महिलाको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयले जनाएको छ । यि महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अस्पतालमा उपचाररत थिए ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७३० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds