गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७३० पुगेको छ । गण्डकी प्रदेशमा आज थप ५१ जनामा कोभिड १९ संक्रमण देखिएको छ । कूल निको हुनेको संख्या १८ सय १४ पुगेका छन् । पछिल्लो पटक १० जना निको भएर घर फर्केका छन् । कूल सक्रिय संख्या ८ सय ९४ छ । यस प्रदेशमा २२ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशका कास्की, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी र पर्वत जिल्लामा कोभिड संक्रमित थपिएका हुन्। सबैभन्दा धेरै कास्की जिल्लाको पोखरा महानगरपालिकामा २० जना संक्रमित थपिएका हुन्।
यस्तै, बाग्लुङमा ९, तनहुँमा ४, स्याङ्जामा १२, पर्वतमा १ र नवलपरासीमा ५ जना संक्रमित थपिएका हुन्। स्वास्थ्य निर्देशनालयको बिहीबारको पहिलो अद्यावधिक विवरण अनुसार पोखरामा १९ जना थपिएका हुन् ।
पोखरा महानगरपालिका १५ का संक्रमित २३ वर्षीय महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफ नर्स हुन् । त्यस्तै दुई जना नेपाल प्रहरी छन् । पोखरा महानगरपालिका(१९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष कुश्मा, पर्वतमा नेपाल प्रहरीमा कार्यरत छन्। नवलपरासीमा थपिएका दुई जना भने २ वर्षीय र ४ वर्षीय बालक रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयको बिहीबारको दोस्रो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका १ र तनहुँका १ गरि थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा १७ का ६१ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ । यि संक्रमित व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पे क्लिनिकमा परिक्षणका लागि गएका थिए ।
यस्तै, तनहुँका शुक्लगन्डकी ६ का ३० बर्षीय महिलाको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयले जनाएको छ । यि महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अस्पतालमा उपचाररत थिए ।
सम्बन्धित खबर
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
अरौंदी खोलाले बगाएका युवा मृत फेला
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ