पोखरामा फेरि थपिए १० संक्रमित, मेट्रोसिटीका स्वास्थ्यकर्मी तथा बिरामीमा पनि कोरोना

पोखरामा फेरि थपिए १० संक्रमित, मेट्रोसिटीका स्वास्थ्यकर्मी तथा बिरामीमा पनि कोरोना

Metrocity-Hospitaljpg

पोखराका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान पोखराका ५ वटा वडाका थप १० जनामा कोरोना भाइरस देखिएको जनाएको हो । यसअघि, आजै पोखराका २ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको थियो ।

पछिल्लो जानकारी अनुसार पोखरा महानगरका वडा नं. १७ का ३६  वर्षीय पुरुष, वडा नं. २६ का ३६ र ५० वर्षीया २ महिला, वडा नं. ३० का ४९ वर्षीय पुरुष, वडा नं. ७ का ३४ र २५ वर्षका २ पुरुष तथा वडा नं. २७ का २१ र २२ वर्षीय २ पुरुषमा कोरोना पुष्टि भएको हो ।

पोखरा सिर्जनाचोकमा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत ३२ वर्षीय स्वास्थ्यकर्मीलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि तथा सोही अस्पतालमा उपचारका लागि पुगेकी ३५ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस अगाडि शुक्रबार बिहानै पोखराका २ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि

पोखरा – पोखराका २ सहित गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको शुक्रबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार कास्की सहित प्रदेशका ४ जिल्लाका १७ जनामा कोरोना पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं १० का २६ वर्षीया महिला र पोखरा १ का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका ५ का ५१ वर्षीय पुरुषको पनि परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।

स्याङ्गजा पुतलीबजार नगरपालिका १ का ४० वर्षीय पुरुष र वडा नखुलेको अर्का ५१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।

यता क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपुरको कावासोतीमा १ र गैंडाकोटका ११ गरी कूल १२ जनामा कोरोना संक्रमण देखिएको छ।

आज पुष्टि भएका संक्रमित मध्ये पोखरा, तनहुँ र स्याङ्गजा पुतलीबजार १ का ४० वर्षीय संक्रमित प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षणका लागि आएका हुन् भने, अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds