पोखराका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान पोखराका ५ वटा वडाका थप १० जनामा कोरोना भाइरस देखिएको जनाएको हो । यसअघि, आजै पोखराका २ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको थियो ।
पछिल्लो जानकारी अनुसार पोखरा महानगरका वडा नं. १७ का ३६ वर्षीय पुरुष, वडा नं. २६ का ३६ र ५० वर्षीया २ महिला, वडा नं. ३० का ४९ वर्षीय पुरुष, वडा नं. ७ का ३४ र २५ वर्षका २ पुरुष तथा वडा नं. २७ का २१ र २२ वर्षीय २ पुरुषमा कोरोना पुष्टि भएको हो ।
पोखरा सिर्जनाचोकमा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत ३२ वर्षीय स्वास्थ्यकर्मीलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि तथा सोही अस्पतालमा उपचारका लागि पुगेकी ३५ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस अगाडि शुक्रबार बिहानै पोखराका २ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि
पोखरा – पोखराका २ सहित गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको शुक्रबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार कास्की सहित प्रदेशका ४ जिल्लाका १७ जनामा कोरोना पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं १० का २६ वर्षीया महिला र पोखरा १ का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका ५ का ५१ वर्षीय पुरुषको पनि परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।
स्याङ्गजा पुतलीबजार नगरपालिका १ का ४० वर्षीय पुरुष र वडा नखुलेको अर्का ५१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।
यता क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपुरको कावासोतीमा १ र गैंडाकोटका ११ गरी कूल १२ जनामा कोरोना संक्रमण देखिएको छ।
आज पुष्टि भएका संक्रमित मध्ये पोखरा, तनहुँ र स्याङ्गजा पुतलीबजार १ का ४० वर्षीय संक्रमित प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षणका लागि आएका हुन् भने, अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

सम्बन्धित खबर
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल