गण्डकी प्रदेश आजः ९० जना संक्रमित थपिए, नवलपुरकै ४६ जना, पोखरामा १२ र रुपामा १ जना थप

गण्डकी प्रदेश आजः ९० जना संक्रमित थपिए, नवलपुरकै ४६ जना, पोखरामा १२ र रुपामा १ जना थप

corona covid gandaki

गण्डकी प्रदेशमा शुक्रबार ९० जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पाँच पटक विज्ञप्ती जारी गर्दै शुक्रबार ९० जना थप भएको जनाएको हो । बिहान ९ः५० बजे र १०ः४५ बजे १७/१७ जना, ११ बजे ३१ जना, दिउँसो १ः४० बजे १० जना र साँझ ५ः४५ बजे विज्ञप्ती मार्फत् १५ जना संक्रमित थपिएको जनाएको छ ।

निर्देशनालयका अनुसार सात जिल्लाहरु नवलपुरका सर्वाधिक ४६ जना, कास्कीका १३ जना, तनहुँका १४ जना, लमजुङका ५ जना, गोरखाका ८ जना, स्याङजाका र पर्वतका २–२ जना रहेका छन् ।

तनहुँका ५ जना संक्रमित प्रहरी हुन् भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकीमा संक्रमितको संख्या २८ सय २० पुगेको छ । हालसम्म १८ सय ४९ जना निको भइसकेका छन् । सक्रिय संक्रमित ९४७ रहेको छ । गण्डकीमा २२ जनाको मृत्यु भइसकेको छ । गण्डकी प्रदेशमा कूल ५५ हजार ६ सय २९ पीसीआर परिक्षण भएकोमा ५२ हजार आठ सय २४ जनाको नेगेटिभ रिपोर्ट आएको छ । पछिल्लो २४ घण्टामा ७५७ पीसीआर परिक्षण भएका छन् । २४ घण्टामा निको हुनेको संख्या ३७ छ ।

पोखरामा  थपिए १२ संक्रमित, मेट्रोसिटीका स्वास्थ्यकर्मी तथा बिरामीमा पनि कोरोना

कास्कीमा १३ जना थपिएका हुन् । यसमध्ये पछिल्लो पटक रुपा गाउँपालिकामा एक जना थपिएका छन् । रुपा वडा नं. २ का ४५ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

आज पोखराका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान पोखराका ५ वटा वडाका थप १० जनामा कोरोना भाइरस देखिएको जनाएको हो । आज बिहानै पनि पोखराका २ जनामा कोरोना पुष्टि भएको थियो ।

पोखरा महानगरका वडा नं. १७ का ३६ वर्षीय पुरुष, वडा नं. २६ का ३६ र ५० वर्षीया २ महिला, वडा नं. ३० का ४९ वर्षीय पुरुष, वडा नं. ७ का ३४ र २५ वर्षका २ पुरुष तथा वडा नं. २७ का २१ र २२ वर्षीय २ पुरुषमा कोरोना पुष्टि भएको हो ।

पोखरा सिर्जनाचोकमा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत ३२ वर्षीय स्वास्थ्यकर्मीलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि तथा सोही अस्पतालमा उपचारका लागि पुगेकी ३५ वर्षीया महिलालाई समेत कोरोना संक्रमण पुष्टि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसअघि, बिहानै पोखराका २ सहित गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  पोखरा महानगरपालिका वडा नं १० का २६ वर्षीया महिला र पोखरा १ का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

तनहुँमा ५ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

तनहुँमा ५ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी बल गणका ५ जना प्रहरीसहित आँबुखैरेनी गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका स्थानीयमा भाइरस पुष्टि भएको जनाइएको छ ।

भानुस्थित सशस्त्र प्रहरी बलका ३२, ३२, ३१, ३२ र ३१ वर्षीय प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  सशस्त्र प्रहरी बलका ७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ५ जनामा संक्रमण पुष्टि भएको र अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले बताए ।

पोखरामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिने

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक सहप्राडा अर्जुन आचार्यले प्लाज्मा थेरापीबाट उपचारका लागि निको भएका सङ्क्रमितलाई रक्तदान गर्न आग्रह गरे।

रक्तदान गर्न इच्छुकले प्रतिष्ठान परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा उपस्थित भएर रक्तदान गर्न सक्नेछन्। डा. आचार्यका अनुसार यो विधिको लागि सङ्क्रमितले आफ्नो रिर्पोट नेगेटिभ आएको दुई हप्तामा रक्तदान गर्न सक्नेछन्। यस विधिबाट उपचार गर्दा सङ्क्रमित छिटो निको हुन्छन्।

त्यसैगरी कोरोना सङ्क्रमितका लागि बनेको रेम्डिसिभर भ्याक्सिन पनि प्रयोग गरीएको डा. आचार्यले जानकारी दिए। “हामीले दुई सङ्क्रमितमा यो भ्याक्सिन प्रयोग गरिसकेका छौँ, अरु भ्याक्सिन पनि मगाएका छौँ”, आचार्यले भने।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds