पाेखरामा स्याङ्जाका ८५ वर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु

पाेखरामा स्याङ्जाका ८५ वर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु

death-by-corona

सांकेतिक तस्विर

पोखरा – पोखराको पश्चिमाञ्चल अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गत भाद्र २४ गते कोरोना संक्रमण पुष्टि भइ पश्चिमाञ्चल अस्पतालको आइसीयुमा उपचाररत स्याङ्गजा पुतलीबजार नगरपालिका वडा नं १ निवासी ८५ वर्षीय बृद्धको शनिबार बिहान ६:३२ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले पुष्टि गरे ।

कोरोना संक्रमण भइ अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा उनी दशौँ व्यक्ति हुन् । गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणका कारण २३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ