पोखरा र स्याङ्जाका २ संक्रमित मणिपालमा उपचाररत, लमजुङका १६ आर्मीमा देखियो संक्रमण

पोखरा र स्याङ्जाका २ संक्रमित मणिपालमा उपचाररत, लमजुङका १६ आर्मीमा देखियो संक्रमण

corona covid gandaki

पोखरा– गण्डकीमा आइतबार बिहानै ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयको आइतबार बिहानको पहिलो विज्ञप्ति अनुसार प्रदेशका ५ जिल्लाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित फेला पर्नेमा स्याङ्गजा, कास्की, लमजुङ, तनहुँ र नवलपुरका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिकाका २४ वर्षीय (वडा नखुलेको) पुरुष, पुतलीबजार नगरपालिका वडा नं -२ का ३२ वर्षीय पुरुष, वडा नं ३ का ७६ वर्षीय पुरुष र पुतलीबजार कै वडा नखुलेकी २७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

यता कास्कीको पोखरा महानगरपालिका वडा नं १६ र ९ मा क्रमश २० वर्षीया महिला र ७० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ का २२ देखि ४१ वर्ष उमेर समुहका १६ जना पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । भने, जिल्ला सदरमुकाम बेशीसहर नगरपालिका एक ५२ वर्षीया महिलाको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयले जनाएको छ  ।

यस्तै तनहुँको भानु नगरपालिका ४ का ५० वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

उता चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा नवलपुरको गैंडाकोट, मध्यबिन्दु र हुप्सेकोटका ८ जनामा कोरोना पोजेटिभ देखिएको छ  ।

गैंडाकोट नगरपालिका वडा नं ४, १६, ७, १०, र ११ का १६ देखि ५२ वर्ष उमेर समुहका महिला र पुरुष गरी ६ जना र मध्यबिन्दु गाउँपालिका १ र हुप्सेकोट गाउँपालिका ४ का क्रमश २८ वर्षीय पुरुष र २१ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

उल्लेखित विवरणमा पुष्टि भएका संक्रमित मध्ये पोखरा १६ का २० वर्षीया संक्रमित महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी रहेकी छन् । भने, पोखरा ९ का ७० वर्षीय पुरुष र स्याङ्गजा पुतलीबजार नगरपालिका ३ का ७६ वर्षीय पुरुष मणिपाल शिक्षण अस्पतालमा उपचाररत रहेको बुझिएको छ ।

लमजुङको सुन्दर बजार ९ मा पुष्टि भएका सबै १६ जना पुरुष नेपाल आर्मीमा कार्यरत रहेको निर्देशनालयले जनाएको छ । यसबाहेकका अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन्  ।

यो संगै, गण्डकीमा कोरोना संक्रमितहरुको संख्या २९३५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ