कास्कीकाे मादीका पुरूषकाे मृत्यु, गण्डकीमा ३ जना थपिए, मृतक संख्या २७ पुग्याे

कास्कीकाे मादीका पुरूषकाे मृत्यु, गण्डकीमा ३ जना थपिए, मृतक संख्या २७ पुग्याे

covid-pkr death

तस्विर सौजन्य: राधिका कँडेल (पत्रकार, पोखरा)

पोखरा – कास्कीकाे मादीका पुरूषसहित गण्डकी प्रदेशका थप ३ जनाको मृत्यु भएको छ । कास्की, तनहुँ र गोरखा ३ जिल्ला का ३ कोरोना संक्रमितको मृत्यु भएको हो । यो सहित गण्डकीमा २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

कास्कीको मादी- ४ मा घर भएर काठमाडौ‌ं नयाँबजार बस्ने ५१ वर्षे पुरुषको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भदौ २७ गते निधन भएको छ । उनलाइ भदौ २४ गते कोरोना पुष्टि भएको थियो । उनलाई क्यान्सर र हाइपोथाइरािजमको समस्या थियो ।

गोरखाको भीमसेन थापा ३ का ४५ वर्षे पुरुषको पनि टिचिङ अस्पतालमा भदौ २७ गते मृत्यु भएको हो । भदौ २३ गते कोरोना पुष्टि भएका उनमा मृगौलासम्बन्धी समस्या थियो ।

यसैगरी तनहुँका थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ निवासी ७६ वर्षिया महिलाको गत भाद्र २४ गते बुधबार मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो ।

भाद्र २० गते अस्पताल भर्ना भएकी उनमा गत भाद्र २३ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई मुटु सम्बन्धि समस्या रहेको थियो । तनहुँमा यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३ जनाकै मृत्यु काठमाडौंका विभिन्न अस्पतालमा भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ