रातिदेखि नै देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। अन्य स्थानमा हल्कादेखि मध्यमसम्म र प्रदेश १ को झापामा भने भारी वर्षा भइरहेको छ।
उनका अनुसार सोमबार राति पोखरा, चितवन र धादिङमा भारी वर्षा भएको थियो। अहिले भने कम भइसकेको छ। अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद् शाक्यले जानकारी दिइन्।
काठमाडौं उपत्यकामा पनि मंगलबार बिहान ३ बजेदेखि वर्षा भइरहेको उनले बताइन्। ‘यो अझै केहीबेर जारी रहने अनुमान छ,’ उनले भनिन्।
फेरि दिउँसो पनि देशका केही स्थानमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १ , प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले मंगलबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ