तनहुँ । तनहुँमा ९ जना कोरोना संक्रमित थपिएका छन ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकामा ८ जना र देवघाट गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमित मध्ये एक ८ वर्षका बालक समेत रहेका छन ।
शुक्लागण्डकी-१० की २३ वर्षिया महिला र १७ वर्षीय पुरुष, शुक्लागण्डकी-५ का ५०, २८, ३४ वर्षीया महिला र
८ र ४२ वर्षीय २ पुरुष र शुक्लागण्डकी-८ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत शनिबार शुक्लागण्डकी-५ बेलचौताराका एक सुनचादी व्यवसायीमा पोखरामा परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।
उनमा कोरोना पुष्टि भएसंगै गत आइतबार कन्ट्याक्ट ट्रेसिङका आधारमा ४३ जनाको स्वाब परीक्षणका लागि पठाइएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए ।
जसमध्ये मंगलबार ७ जना कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमा सुनचादी व्यवसायीको परिवारका ३ जना, उनका २ जना छिमेकी, १ क्वारेन्टिनमा बसेका र १ होम क्वारेन्टिन बसेका हुन ।
त्यस्तै शुक्लागण्डकी-१० की २३ वर्षीय कोरोना संक्रमित महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचाररत रहेको निर्देशनालयले जनाएको छ ।
त्यस्तै जिल्लाको देवघाट गाउँपालिका-२ का २१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?