पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसुति सेवा बन्द, अप्रेशन गरेकी तनहुँकी युवतीमा देखियो कोरोना

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसुति सेवा बन्द, अप्रेशन गरेकी तनहुँकी युवतीमा देखियो कोरोना

Paschimmanchal Hosital

पोखराअप्रेशन गरेर बच्चा निकालिएकी तनहुँकी युवतीमा कोरोना देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अत्यावश्यक बाहेकका अन्य प्रसुति सेवा बिहीबारसम्मको लागि बन्द गरिएको छ  । 

तनहुँको शुक्लागण्डकी नगरपालिका १० निवासी २४ वर्षीया महिला गत भाद्र २७ गते अस्पतालको आकस्मिक प्रसुति कक्षमा भर्ना भएकोमा कोरोना संक्रमणको आशंका पश्चात भाद्र २८ गते  स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा भाद्र ३० गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालले अपरेशन विभाग तथा प्रसुति कक्ष निर्मलीकरण तथा उनको उपचारमा संग्लग्न चिकित्सकलाई क्वारेन्टाइनमा राखी स्वाब परीक्षण रिपोर्ट नेगेटिभ नआउँदासम्म अस्पतालले प्रदान गर्दै आएको अत्यावश्यक बाहेकका प्रसुति सेवा आगामी असोज १ गते बिहीबारसम्मको लागि बन्द गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ