पोखरा – पोखरामा बुधबार मात्रै ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालयद्वारा जारी बुधबारको तेस्रो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएको हो ।
यस अगाडीका २ वटा विज्ञप्ति मध्ये पहिलोमा २८ जना र दोस्रोमा ३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ४ का २२ वर्षीय पुरुष, पोखरा १४ का ३० वर्षीय पुरुष, पोखरा १० का ४६ वर्षीया महिला र २४ वर्षीय पुरुष, पोखरा १७ का २१ वर्षीय पुरुष र पोखरा २५ का २१ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
संक्रमित मध्ये पोखरा ४ का एकजना पुरुष नेपाल प्रहरीमा कार्यरत, पोखरा १७ र २५ का २ जना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् भने, अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन्।
यस्तै स्याङ्गजाको पुतलीबजार नगरपालिका २ का २४ वर्षीय पुरुषको पनि परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो, संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३१७८ पुगेको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला