थप ६ जनामा कोरोना संक्रमण पुष्टि, बुधबार मात्रै पोखरामा ३७ जना संक्रमित फेला

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, बुधबार मात्रै पोखरामा ३७ जना संक्रमित फेला

Pokhara gono

पोखरा – पोखरामा बुधबार मात्रै ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालयद्वारा जारी बुधबारको तेस्रो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

यस अगाडीका २ वटा विज्ञप्ति मध्ये पहिलोमा २८ जना र दोस्रोमा ३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ४ का २२ वर्षीय पुरुष, पोखरा १४ का ३० वर्षीय पुरुष, पोखरा १० का ४६ वर्षीया महिला र २४ वर्षीय पुरुष, पोखरा १७ का २१ वर्षीय पुरुष र पोखरा २५ का २१ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

संक्रमित मध्ये पोखरा ४ का एकजना पुरुष नेपाल प्रहरीमा कार्यरत, पोखरा १७ र २५ का २ जना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् भने, अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन्।

यस्तै स्याङ्गजाको पुतलीबजार नगरपालिका २ का २४ वर्षीय पुरुषको पनि परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो, संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३१७८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ