पोखराका चार सहित गण्डकीमा २३ जनामा कोरोना संक्रमण पुष्टि

पोखराका चार सहित गण्डकीमा २३ जनामा कोरोना संक्रमण पुष्टि

corona covid gandaki

पोखरा  – स्वास्थ्य निर्देशनालयद्वारा जारी बिहीबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार गण्डकीमा थप २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै गण्डकीमा कूल संक्रमितको संख्या ३२०१ पुगेको छ ।

बिहीबार पुष्टि भएका संक्रमित प्रदेशका चार जिल्लाका छन् । जसमा, नवलपुरमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ । पोखरा २० का २३ वर्षीया महिला, पोखरा ९ का २९ वर्षीय पुरुष, पोखरा १५ का २९ वर्षीय पुरुष र पोखरा १० का २० वर्षीया महिलाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै प्रदेशका अन्य जिल्लाका संक्रमितमा गोरखा अजिरकोट ३ का ३० वर्षीया महिला, बारपाक सुलिकोट ३ का ५३ वर्षीय पुरुष, बाग्लुङ तामानखोला गाउँपालिका २ का २३ वर्षीय पुरुष, बाग्लुङ नगरपालिका १०, १३ र ६ का क्रमसः १९, ५९ र ३७ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

यस्तै चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा तनहुँ आँबुखैरेनी ३ का ३९ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ भने, नवलपुर गैंडाकोट नगरपालिकाका महिला पुरुष गरी ७ जना, मध्यविन्दु नगरपालिका ८ का महिला पुरुष २ जना र कावासोती नगरपालिका ३ का एक ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका संक्रमित मध्ये पोखरा १५ का २९ पुरुष र बाग्लुङ नगरपालिकाका ३ जना पुरुष हालै मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् भने, अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds