पोखरा – स्वास्थ्य निर्देशनालयद्वारा जारी बिहीबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार गण्डकीमा थप २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै गण्डकीमा कूल संक्रमितको संख्या ३२०१ पुगेको छ ।
बिहीबार पुष्टि भएका संक्रमित प्रदेशका चार जिल्लाका छन् । जसमा, नवलपुरमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ । पोखरा २० का २३ वर्षीया महिला, पोखरा ९ का २९ वर्षीय पुरुष, पोखरा १५ का २९ वर्षीय पुरुष र पोखरा १० का २० वर्षीया महिलाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै प्रदेशका अन्य जिल्लाका संक्रमितमा गोरखा अजिरकोट ३ का ३० वर्षीया महिला, बारपाक सुलिकोट ३ का ५३ वर्षीय पुरुष, बाग्लुङ तामानखोला गाउँपालिका २ का २३ वर्षीय पुरुष, बाग्लुङ नगरपालिका १०, १३ र ६ का क्रमसः १९, ५९ र ३७ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
यस्तै चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा तनहुँ आँबुखैरेनी ३ का ३९ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ भने, नवलपुर गैंडाकोट नगरपालिकाका महिला पुरुष गरी ७ जना, मध्यविन्दु नगरपालिका ८ का महिला पुरुष २ जना र कावासोती नगरपालिका ३ का एक ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
पुष्टि भएका संक्रमित मध्ये पोखरा १५ का २९ पुरुष र बाग्लुङ नगरपालिकाका ३ जना पुरुष हालै मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् भने, अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो