पोखरामा २ सहित गण्डकीमा थप ३० जनालाई कोरोना पुष्टि

पोखरामा २ सहित गण्डकीमा थप ३० जनालाई कोरोना पुष्टि

Gandaki-Mapp

पोखरामा २ जना सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा- १ का ३८ वर्षीय पुरुष तथा ३ का ५४ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

संक्रमित २ जनाले नै पे–क्लिनिकमा परीक्षण गराएका थिए ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब.सु.पू) का २६ र कावासोतीका १५ तथा गैंडाकोटका ११ जनालाई संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३ जना भारतबाट आएका हुन् । उनीहरु अहिले क्वारेन्टिनमा नै रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यसै गरी निर्देशनालयले तनहुँका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २ जना नै शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ का पुरुष हुन् । संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यससंगै गण्डकी प्रदेशमा कुल संक्रमित ३ हजार ३ सय २१ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds