पोखरामा फेरि थपिए ५ वडाका १३ कोरोना संक्रमित

पोखरामा फेरि थपिए ५ वडाका १३ कोरोना संक्रमित

Pokhara Lakeside Phewa Fewa

आइतबार पोखराका थप १३ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य निर्देशनालयको दोस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । आज बिहान समेत पोखरामा ५ तथा माछापुच्छे गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मा कार्यरत ६ जना प्रहरीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा वडा नम्बर ६ का २५ वर्षीय १ महिला र ४४ वर्षीय १ पुरुष, ७ का ३८ वर्षीय पुरुष, वडा नम्बर १७ का २७ वर्षीय महिला तथा ४५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा २२ का २२ वर्षीय पुरुष र २३ का ४४ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङमा १५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको सुन्दरबजार नगरपालिकाका हुन् ।

तनहुँका २ जनालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित १२ वर्षीय बालिका तथा २१ वर्षीय महिला हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३४३८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ