लमजुङ र गोरखाका पूर्वाधार विकास कार्यालयबाटै यातायातका सेवा उपलब्ध हुने व्यवस्था सुरु भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक्सन रुमबाट सो सेवाको औपचारिक शुभारम्भ भएको छ । मुख्यमन्त्रीले यहाँबाटै क्लिक गरेर लमजुङको कार्यालयमा रसिद प्रिन्ट गरेर सेवा उदघाटन गरे ।
पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले ब्लुबुक रिन्युको उक्त रसिद सेवाग्राही यज्ञनारायण श्रेष्ठलाई हस्तान्तरण गरे । अब ब्लुबुक नवीकरण, रुट परमिट, सवारी जाँचपास, पटके रुट परमिट लगायतको काम जिल्लाबाट गर्न पाउँदा ति दुई जिल्लाका वासिन्ता लाभान्वित हुनेछन् । यति काम गर्न अब यातायात व्यवस्था कार्यालय पोखरामा धाइरहनु पर्ने छैन ।
यसअघि पोखराको कास्की, बागलुङ, तनहुँको डुम्रेमा मात्रै यातायात व्यवस्थाका सेवा उपलब्ध थिए । गण्डकी प्रदेश सरकारले स्याङ्जा, लमजुङ र गोरखामा यातायात व्यवस्था सम्बन्धी सेवा थप गरेको हो । भर्चुअल समारोहकाबीच सेवा आरम्भ गरेपछि मुख्यमन्त्री गुरुङले अब जिल्लाबाटै सेवा प्राप्त हुनु भनेको जनतामा संघीयता आएको अनुभूति मिलेको विश्वास व्यक्त गरे ।
भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले अबको केही समयपछि नवलपुरमा लाइसेन्स, नामसारी लगायत यातायात व्यवस्थाका सबै सेवा उपलब्ध गराइने जानकारी दिए ।
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा