वाईफाई एक प्रकारको चुम्बकीय तरंग हो जसले एउटा निश्चित दुरीसम्म इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन सक्छ । तर केही यस्ता कारणहरु छन् जसले यसको तरंग (सिग्नल) कमजोर हुन्छ र इन्टरनेट एकदमै ढिलो चल्दछ ।
तर शक्तिशाली वाईफाई सिग्नलले तपाईलाई तीव्र गतिमा इन्टरनेट उपलब्ध गराउँछ र यसको काम पनि तीव्र हुन्छ । यसकारण वाईफाईको सिग्नललाई बलियो बनाउन आवश्यक हुन्छ । यहाँ वाईफाई सिग्नल शक्तिशाली बनाउने केही टिप्सको बारेमा छलफल गरिनेछ जसले तपाईको घर र कार्यालयमा तीव्र गतिको इन्टरनेट चलाउन सक्नुहुनेछ ।
सामान्यतः सबै राउटरमा बाहिरी भागमा एन्टिना लगाइएको हुन्छ जसलाई मिलाएर पनि सिग्नल सुधार्न सकिन्छ । कहिलेकाँही एन्टिना खुकुलो भएर तलतिर निहुरेको हुन्छ, यसलाई ठाडो बनाउँदा सिग्नल राम्रो आउन सक्छ ।
कुनै राउटरहरु दुई एन्टिना भएका पनि हुन्छन् । यस्ता राउटरको यदि दुवै एन्टिना फरक फरक दिशामा भयो भने सिग्नल राम्रो नहुन सक्छ । यसकारण दुईवटा एन्टेना भएका राउटरको दुवै एन्टेना एउटै दिशामा बनाए। यदि तपाईंको राउटरबाट रामे सिग्नल आइरहेको छ भने राउटर नचलाउनुहोस् । राउटरलाई बढीभन्दा बढी उचाइमा राख्दा इन्टरनेटको स्पीड बढी हुन्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह