वाईफाई एक प्रकारको चुम्बकीय तरंग हो जसले एउटा निश्चित दुरीसम्म इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन सक्छ । तर केही यस्ता कारणहरु छन् जसले यसको तरंग (सिग्नल) कमजोर हुन्छ र इन्टरनेट एकदमै ढिलो चल्दछ ।
तर शक्तिशाली वाईफाई सिग्नलले तपाईलाई तीव्र गतिमा इन्टरनेट उपलब्ध गराउँछ र यसको काम पनि तीव्र हुन्छ । यसकारण वाईफाईको सिग्नललाई बलियो बनाउन आवश्यक हुन्छ । यहाँ वाईफाई सिग्नल शक्तिशाली बनाउने केही टिप्सको बारेमा छलफल गरिनेछ जसले तपाईको घर र कार्यालयमा तीव्र गतिको इन्टरनेट चलाउन सक्नुहुनेछ ।
सामान्यतः सबै राउटरमा बाहिरी भागमा एन्टिना लगाइएको हुन्छ जसलाई मिलाएर पनि सिग्नल सुधार्न सकिन्छ । कहिलेकाँही एन्टिना खुकुलो भएर तलतिर निहुरेको हुन्छ, यसलाई ठाडो बनाउँदा सिग्नल राम्रो आउन सक्छ ।
कुनै राउटरहरु दुई एन्टिना भएका पनि हुन्छन् । यस्ता राउटरको यदि दुवै एन्टिना फरक फरक दिशामा भयो भने सिग्नल राम्रो नहुन सक्छ । यसकारण दुईवटा एन्टेना भएका राउटरको दुवै एन्टेना एउटै दिशामा बनाए। यदि तपाईंको राउटरबाट रामे सिग्नल आइरहेको छ भने राउटर नचलाउनुहोस् । राउटरलाई बढीभन्दा बढी उचाइमा राख्दा इन्टरनेटको स्पीड बढी हुन्छ ।
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ