काठमाण्डौ – बंगालको खाडी नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तीको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज र भोलि मध्य र पूर्वको तुलनामा पश्चिममा अलि धेरै पानी पर्नेछ । आज वाग्मती, गण्डकी र प्रदेश ५ का एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
यस्तै देशभरि कै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना पनि नभएको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच पोखरामा वार्षिक र मनसुनी वर्षाले रेकर्ड बनाएको छ । यसअघि सन् १९९५ को मनसुनमा ४ हजार ६८ दशमलव ९ मिलिमिटर पानी परेको पोखरामा यो वर्षको मनसुनमा हिजोसम्म ४ हजार २ सय २० दशमलव २ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको हावापानी विश्लेषण शाखाकी शाखा प्रमुख इन्दिरा कँडेलका अनुसार यो वर्ष पोखराको वार्षिक वर्षाले पनि रेकर्ड बनाएको छ । यसअघि सन् १९९८ मा ४ हजार ८ सय ७९ मिलिमिटर पानी परेकोमा यो वर्ष सकिन तीन महिना बाँकी छँदै ५ हजार ९७ दशमलव ३ मिलिमिटर पानी परेको उहाँले जानकारी दिनुभयो ।
मनसुन सकिन अझै केही दिन लाग्ने र यो वर्ष सकिन अझै तीन महिना बाँकी भएकाले वर्षाको रेकर्ड अझै बढ्नेछ । सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिने मनसुन सेप्टेम्बर २३ मा बाहिरिने गरेपनि केही वर्षयता ढिला भित्रिएर ढिलै बाहिरिने गरेको छ । यो वर्ष नेपालमा दुई दिन ढिला गरी मनसुन भित्रिएको थियो भने धेरै ठाउँमा औषत भन्दा धेरै पानी पानी परेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन