ड्रग्स कनेक्शनमा दीपिकाको च्याट बाहिरियो : सोधेकी थिइन्, ‘माल छ र ?’

ड्रग्स कनेक्शनमा दीपिकाको च्याट बाहिरियो : सोधेकी थिइन्, ‘माल छ र ?’

deepika

बलिउड अभिनेता सुशान्त् सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स कनेक्शन केस एनसीबीले अनुसन्धान गरिरहेको छ ।

एक पछि अर्को गर्दै अहिले चर्चित बलिउड कलाकारहरु ड्रग्स केसमा समातिरहेका छन् । श्रद्धा कपूर, रकुल प्रित, सारा अली खानजस्ता चर्चित बलिउड अभिनेत्रीहरुको नाम जोडिएको थियो ।

यसैबीच अब भने अर्की बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणको नाम ड्रग्स कनेक्शनमा जोडिएको छ । दीपिका पादुकोणले जया साहाको कम्पनीकी म्यानेजर करिश्माको साथमा भएको ड्रग्स च्याटको बारेमा खुलासा भएको छ । यो खुलासा एनसीबीले गरेको हो ।

एनसीबीले ह्वाट्सएप च्याटमा दीपिकाले ड्रग्सको बारेमा च्याट गरेको कुरा भेट्टाएको हो । दीपिकाले करिश्मालाई सोधेकी छ्न, के तिमीसँग माल छ ? यसमा करिश्माले छ, तर घरमा, म अहिले बान्द्रामा छु भनेकी छन् ।

यसमा करिश्मा कोहि अमितको नाम लिएर भन्छिन्, ‘म अमितको माध्यमबाट तिमीलाई पठाउन सक्छु, त्यसमा दीपिका भन्छिन्, एस प्लीज, केहि समय पछि करिश्मा भन्छिन्, अमित लिएर जाँदैछ, त्यसपछि दीपिका भन्छिन्, ह्याश छ नि ? तर करिश्मा भन्छिन्, ह्याश होइन गाँजा हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ